संजयकुमार यादव मधेश प्रदेश सरकारका प्रवक्ता

राजविराज – मधेश प्रदेश सरकारले अर्थमन्त्री संजयकुमार यादवलाई प्रवक्ता तोकेको छ । बिहिवार बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री यादवलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २९ बमोजिम मधेश प्रदेश सरकारको प्रवक्ता तोक्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव राजेशकुमार मिश्रले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस