सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते

राजविराज – सप्तरीको राजविराज–सखडा सडक खण्ड अन्तर्गत छिन्नमस्ता गाउँपालिका– ३ स्थित शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

सखडातर्फ गइरहेको प्र–२–०१–००२प २५६० नम्वरको तीन सवार मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा छिन्नामस्ता गाउँपालिका–३ का जोगेन्द्र यादवको १८ वर्षीय छोरा श्याम कुमार यादव र सोही ठाउँका रघुवर खंगको ३० वर्षीय छोरा विकास कुमार खंगको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

त्यस्तै, सोही ठाउँका लाल बहादुर खंगको २३ वर्षीय छोरा अजय कुमार खंग घाइते भएका छ्न । उनलाई उपचारको लागि अस्पतालतर्फ पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस