एनआईसी एसियामा ‘स्क्याम’ प्रकरण : फरार आरोपीसँग ग्लोबल आइएमई बैंक राजविराजका बिएमको ‘मदिरा पार्टी’ 

राजविराज – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका फरार आरोपितसँग ग्लोबल आइएमई बैंक राजविराजका म्यानेजर (बिएम) मोहनकुमार साहले ‘मदिरा पार्टी’ गरेको पाइएको छ ।

प्राप्त प्रमाणअनुसार राजविराज नगरपालिका–८ रुपनी सडकस्थित एक होटेलमा ‘स्क्याम’ प्रकरणका फरार आरोपितद्वय मो।समसाद र मो।सदामसँग म्यानेजर साहले ‘मदिरा पार्टी’ गरेको पाइएको हो । आरोपितद्वय मोबाइल व्यवसायी हुन् ।

गत माघ २२ गते एनआईसी एसिया बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गा धितो राखि स्वीकृत २ करोड ८० लाख रुपैयाँ ऋणमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो ।

श्रोतकाअनुसार बैंकका म्यानेजर संतोषकुमार यादवले बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटरसँग मिलेर राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ ९ग० को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ ९तत्कालिन मलेठ गाविस वडा नं।७० की वसिरन खातुनलाई फर्जी जग्गाको धनी बनाएका थिए ।

सोही जग्गाधनी प्रमाण–पत्रको आधारमा बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको थियो भने गत माघ ९ गते घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई सो ऋण प्रवाह गरेको थियो ।

सो ‘स्क्याम’ खुलासा भएसँगै बैंकका म्यानेजर यादवसहित अन्य कर्मचारीहरु निलम्बित छन् भने स्क्यामका आरोपितहरु व्यवसायी मो।समसाद, मो।सदाम, सनराइज बैंक शाखा राजविराजका तत्कालीन वरिष्ठ सहायक दिपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर दिपक शर्मा, लेखापढी व्यवसायी शंकर यादव, वसिरन खातुन, आसमा खातुन लगायत झण्डै एक दर्जन व्यक्ति विरुद्ध गत वैशाखको दोस्रो साता नै पक्राउ पुर्जी जारी भएसँगै उनीहरु फरार छन् ।

तर, आरोपितमध्येकै मो।समसाद र मो।सदामले आइतवार साँझ सदरमुकाम बजारमै ‘मदिरा पार्टी’ आयोजना गर्दा पनि प्रहरी बेखबर छन् । ‘सो बैंकमा पनि उनीहरुले राखेको धितोको जग्गाधनी हेरफेर भएको विषय सामसुम पार्न पार्टीको आयोजना गरेको रैंछ’ श्रोतले भन्यो ।

ग्लोबल आइएमई बैंक शाखा, राजविराजका म्यानेजर मोहनकुमार साहले लोन रिकभरीको विषयमा कुरा गर्न मात्र होटेल गएको स्वीकार गर्नुभएको छ । ‘म होटेल पुगे तर रक्सी खाएको छैन्, कुरा गरेर अनि फर्के’, उनले भने ।

सो विषयमा ग्लोबल आइएमई बैंक केन्द्रीय कार्यालयका सूचना अधिकारी नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको फोन उठेन ।

यता, सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले एनआइसी एसिया बैंक शाखा राजविराजमा भएको ‘स्क्याम’का आरोपीहरुको खोजी कार्य भइरहेको बताए । ‘पक्राउ पुर्जी जारी भएसँगै फरार भएका आरोपीहरुको खोजी कार्य भइरहेको छ’ उनले भने । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस