भारत भ्रमण निकै महत्त्वपूर्ण अनुभूत भइरहेको छ: प्रधानमन्त्री दाहाल

जनकपुरधाम – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चौथो राजकीय भ्रमण महत्त्वपूर्ण भएको बताएका छन् ।

उनले समाजिक संजाल ट्विटरमार्फत भ्रमण महत्वपूर्ण भएको बताएका हुन् । प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति अभार प्रकट समेत गरेका छन् ।

“प्रधानमन्त्रीको रूपमा मेरो चौंथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण अनुभूत भइरहेको छ,” प्रधानमन्त्रीको अफिसियल ट्विटरमा भनिएको छ, “न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार, र भारतीय जनताप्रति आभार प्रकट गर्दछु ।”

गत बुधबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस