साहित्यकार–चित्रकार दम्पतीले पनि गरे परिषदको सदस्यता परित्याग

राजविराज – साहित्यकार एवम् पत्रकार अमरेन्द्र यादव र उनकी श्रीमति चर्चित मैथिला चित्रकार रन्जु यादवले मैथिली साहित्य परिषद् (मैसाप) परित्याग गरेको घोषणा गरेका छन् ।

दुवै जनाले शुक्रवार सामाजिक सञ्जालमा मैसापको साधारण सदस्यता परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘हे लिय, सम्हारु अपन पाग । हमरोरके आगु बढैछी नया मिथिला आ नया मैथिली निर्माणके लेल। हम दुनूगोटे अर्थात् अमरेन्द्र यादव (मैथिली कवि/पत्रकार) आ रन्जु यादव (स्नातकोत्तर (मैथिली)/मिथिला चित्रकार) मैथिली साहित्य परिषद, सप्तरीके साधारण सदस्यता परित्याग करैछी । नया मिथिला, नयामैथिली अत्यन्त प्रगतिशील, अधिक समावेशी’

यसअघि बुधवार मात्रै विगत दुई दशकदेखि साहित्य परिषद्मा आवद्ध साहित्यकार एवम् मैथिली अभियानी श्यामसुन्दर यादवले थरमा यादव लागेकै कारण अध्यक्ष बन्नबाट वञ्चित गरेको आरोप लगाउँदै मैसाप परित्याग गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस