मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आज अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)ले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । एमाले जेठ १ गते सरकारबाट बाहिरिएको थियो ।

संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ ।

कुल १०७ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता पर्दछ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई एमाले बाहेकका दलहरूको समर्थन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस