सप्तरीमा वडा कार्यालयमै ‘फर्जी’ कागजातको कारोबार !

राजविराज – सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ को वडा कार्यालयमै ‘फर्जी’ कागजातको कारोबार हुने गरेको पाइएको छ ।

गत जेठ २१ गते ‘कोर्ट म्यारिज’ गरेकी सोही ठाउँकी बबिता ईसरको जन्म दर्ता विवादीत बनेपछि सो कुरा बाहिरिएको हो । शनिबार वडाध्यक्ष तेजनारायण यादवले नै पत्रकार सम्मेलन गर्दै कार्यालय सहयोगी देवकान्त चौधरी, वडा सचिव रमेश घिमिरे र कम्प्युटर अप्रेटर सुनीता चौधरीले ‘फर्जी’ जन्म दर्ता बनाइदिएको बताए ।

‘वडा कार्यालयको रेडर्कअनुसार बबिताको जन्म २०६७ साल वैशाख २४ भएको हो तर कार्यालय सहयोगी देवकान्तले आर्थिक प्रलोभनमा परेर वडा कार्यालयको जन्म दर्ता सम्बन्धी ढ्ढा ९रेकर्ड रजिष्टर० मा जन्म मिति २०५८ साल जेठ ११ गते कायम गर्नुभएको बुझियो’ उनले भने, ‘र, वडा सचिव रमेशले पनि जन्म दर्ता प्रमाणित गरिदिनुभएको बुझिन आएको छ ।’

पत्रकार सम्मेलनमा उपस्थित रहेका कार्यालय सहयोगी देवकान्तले पनि जन्म दर्ता प्रतिलिपि लिनका लागि निवेदन दिएका नारायण राम भन्ने व्यक्तिले १५ हजार रुपैयाँ दिने आश्वासन दिएपछि सो कार्य गरेको स्वीकार गरे । ‘जन्म दर्ता प्रतिलिपि दिए तर पैसा भने अझैं पाइसकेको छैन्’ उनले भने।

जन्म दर्ता प्रतिलिपिका लागि आएको निवेदनमा तोक भने लगाइएको छैन् तर पनि वडा सचिव रमेशले जन्म दर्ता प्रमाणित गर्नुले वडा कार्यालयमा ‘फर्जी’ कागजातको कारोबार हुँदै आएको श्रोतले बतायो ।

‘जिल्लाको विष्णुपुुर गाउँपालिका–६ का २१ वर्षीय मनोजकुमार रामसँग अन्तर जातीय विवाह गरेकी बबिताको जन्म दर्ता विवादीत बनेपछि अन्य फर्जी काण्डहरु बाहिर नआओस् मनसायले वडाध्यक्ष यादवले सबै दोष कर्मचारीमाथि थुपार्न प्रयासरत हुनुहुन्छ’ श्रोतले भन्यो, ‘वडामा सबै जसो फर्जी कारोबार वडाध्यक्ष यादवकै योजनाअनुसार हुँदै आएको छ, अहिले पनि मोटो रकमको चलखेलपछि जन्म दर्ता विवाद झिकाइएको हो ।’

वडाध्यक्ष यादवले फर्जी भएको विषयमा आफुलाई जानकारीसम्म नरहेको बताए । ‘फर्जी भएको विषयमा मलाई कुनै जानकारी थिएन, जन्म दर्ता विवादीत बनेपछि मात्रै आफुले सोधखोज सुरु गरेको हुँ’ उनले भने, ‘अहिले रेकर्डअनुसार नै मैले पत्रकार सम्मेलन गरे, यसमा कुनै चलखेद छैन् ।’

वडा सचिव रमेशले विश्वासमा परेर आफुले जन्म दर्ता प्रतिलिपि प्रमाणित गरिदिएको पत्रकार सम्मेलनमा बताए ।

उता, मनोजका आफन्त किसुनदेव रामले पनि वडा कार्यालयमा वकायदा ५ सय रुपैयाँको रसिद कटाएर जन्म दर्ता प्रतिलिपि लिएको दावी गरे । ‘५ सय रुपैयाँ रसिद नै कटाएर हामीले प्रतिलिपि लिएका छौं, पैसा लेनदेनको कुरा भएको छैन्’ उनले भने, ‘अहिले आएर वडाध्यक्ष यादवले केटी पक्षसँग मिलेर आफ्नो स्वार्थ पूरा गर्ने चलखेल सुरु गर्नुभएको छ ।’

पौने ३ करोडको ‘स्क्याम’मा पनि सोही वडाकै चारकिल्ला पेस   

एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा पनि सोही वडा कार्यालयबाट चारकिल्ला प्रमाणित कागजात जारी भएको पाइएको थियो । गत माघ २६ गते नेपाल समाचारपत्रले सो ‘स्क्याम’ बारे खुलासा गरेपछि वडा कार्यालयले सो कागजात किर्ते प्रतिक्रिया जनाए पनि अझैं स्पष्ट हुन सकेको छैन् ।

जिल्लाको राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ ९ग० ९हाल अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२० को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गाधनि प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ ९तत्कालिन मलेठ गाविस वडा नं।७० की वसिरन खातुनलाई जग्गाधनि बनाइएको थियो ।

सोही जग्गाधनी प्रमाण–पत्रको आधारमा गत माघ २२ गते बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरी खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’ लाई स्वीकृत गरेको २ करोड ८० लाख ऋणमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण दिएको थियो ।

सो ‘स्क्याम’मा दायर भएको सरकारी कागजात कीर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट गत वैशाखको दोस्रो साता बैंकर्स, भूमि सुधार तथा मालपोत कार्यालयका कर्मचारी, लेखापढी व्यवसायी र व्यवसायीसहित एक दर्जन व्यक्ति विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनीहरु फरार छन् ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले सरकारी कागजात कीर्ते मुद्दाका फरार आरोपिहरुको खोजी भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780