विश्वासको मत दिन विपक्षी दलहरूलाई मुख्यमन्त्री कार्कीले गरे लिखित अनुरोध

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमाले संसदीय दलको तर्फबाट लिखित पत्र पठाउँदै विपक्षी दलहरूसँग विश्वासको मत मागेका छन् । विपक्षी गठबन्धनका कांग्रेस, नेकपा एस र जसपा संसदीय दलका नेतालाई कार्कीले लिखित पत्राचार गरेका हुन् ।

एमाले संसदीय दलको हिजो बसेको बैठकको निर्णयअनुसार कोशी प्रदेशसभाको तेस्रो अधिवेशन सुरू हुनुभन्दा अगाडि प्रदेश संरचनाको स्थायित्वका लागि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन भन्दै उनले लिखित आग्रह गरेका हुन् ।

कार्कीको पत्रमा प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पूरा गर्नका निम्ति पटक-पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले ५ वर्षसम्म कसरी र कुन विधिबाट सरकार चलाउने भन्ने विषयमा थप छलफल गर्न आफू तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
Author:



क्याटोगरी छान्‍नुहोस