रौतहटमा आमा-छोरीको हत्या, छोरी पंखामा झुन्डिएको र आमा आगनमा मृत फेला

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा-छोरीको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको छ ।

स्थानीय २४ वर्षीया कविता देवी साह र उनकी अन्दाजी २ वर्षीया छोरी रोही कुमारी साहको हत्या भएको हो । प्रहरी आज बिहान घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन् ।

छोरी रोहीको शव घरको पंखामा झुन्डिएको अवस्थामा र आमा कविताको शव आगनमा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

कविताको श्रीमान् वीरेन्द्र कुमार साह घटनापछि सम्पर्क विहीन भएका छन् । घटना पश्चात् भागेका वीरेन्द्रले नै श्रीमती र छोरीको हत्या गरेको स्थानीयको अनुमान छ । डिएसपी यादवले घटना शंकास्पद देखिएको र थप अनुसन्धान गरिरहेको बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि अस्पताल लगिने तयारी भइरहेको छ ।
Author:



क्याटोगरी छान्‍नुहोस