अख्तियारले समाउन खोज्दा पर्खाल नाघेर भागे कर्मचारी, प्रमुख दुनियालाल सम्पर्क विहीन 

राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार सामाजिक विकास इकाई सप्तरीमा छापा मारेको छ । छापा मारी गर्न आएका ईटहरीको टोली हेरेर कर्मचारीहरु भागाभाग भएका छन् ।

उपभोक्ता समितिले सम्पन्न गरेको कार्यको भुक्तानी दिनका लागि कर्मचारीले घुस मागेका थिए । घुस रकम माग गरेको विषयमा आयोगमा परेको उजुरीका आधारमा खटिएको टोलीलाई हेर्नासाथ रकम लिइरहेका इकाईका सब–ईन्जिनियर अजयकुमार साफीले सो रकम र चेक फालि पर्खाल नाघेर भागेको टोलीका एक कर्मचारीले जानकारी दिए ।

‘ती कर्मचारीले फालेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको छ’ उनले भने, ‘कार्यालय खुल्ला रहे पनि कोही कर्मचारी नरहेको पाइएको छ भने कार्यालय प्रमुखको मोवाइलमा पनि सम्पर्क हुन सकेन ।’ थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

उक्त इकाईका प्रमुख दुनियालाल यादव हुन् । सो विषयमा यादवसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

 

 

Author:



क्याटोगरी छान्‍नुहोस