पर्सामा नयाँ उद्योग दर्तामा कमी

वीरगन्ज– पर्सामा आर्थिक वर्ष २०७९–०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९–८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८–८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो ।

आव २०७९–८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ । सो कार्यालयका अनुसार आव २०७९–८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आव २०७८–७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो ।

विश्वव्यापीरूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस