राजविराज हटियामा बनेका अवैध संरचना भत्काइयो (फोटोफिचर)

राजविराज – सप्तरीको राजविराज नगरपालिकास्थित हटियामा जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचनामा भत्काइएको छ ।

नगरपालिकाले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी सो अवैध संरचना भत्काएको हो ।

नगरपालिकाले पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेको पाइएपछि डोजर खटाएर उक्त संरचना भत्काउनु परेको कार्यवाहक नगर प्रमुख इसरत प्रविणले जानकारी दिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस