मधेश सरकार ८ महिनादेखि तदर्थ– चार मन्त्री बिनाविभागीय, मुख्यमन्त्रीसँग दुई मन्त्रालय

जनकपुरधाम । मधेश सरकार गठनको आठ महिना वितिसक्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री सरोज कुमार यादवले दुई मन्त्रालय आफैंसँग राखेका छन् । दुई मन्त्री र दुई राज्यमन्त्री भने मन्त्रालय विहिन छन् ।

जसपा संसदीय दलको हैसियतमा यादवले ०७९ पुस २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । त्यसयता चार पटक मन्त्रिपरिषद् विस्तार भइसकेको छ । तर सत्तारुढ दलहरुले रोजेको मन्त्रालय पाउनुपर्ने अडान राख्दा बाँडफाँड सकसपूर्ण देखियो । सोही कारण अहिलेसम्म सरकार पुर्णता पाउन सकेको छैन ।

नेकपा एमालेको सहयोगमा यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर केहि महिनामै सत्ता समिकरण फेरबदल भयो । नेकपा एमाले सरकारबाट बाहिरियो र नेपाली काँग्रेसको सरकारमा इन्ट्री भयो । अहिले जसपा र काँग्रेससँगै नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नेकपा एकिकृत समाजवादी र जनमत पार्टी सरकारमा छन् ।

काँग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउँदा मुख्यमन्त्री यादवले दुई मन्त्री र दुई राज्यमन्त्रीलाई मन्त्रालय विहिन बनाए ।
तत्कालिन सामाजिक विकास मन्त्री जसपाकी सुरिता साह, राज्यमन्त्री जसपाकै अबुल कलाम अजाद र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनमत पार्टीका बसन्त कुशवाहा र राज्यमन्त्री जनमतकै सञ्जय यादवलाई विनाविभागिय मन्त्री बनाइएको छ ।

काँग्रेसबाट दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री र विरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेकपा एसका गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भए ।

मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय र गृह तथा सञ्चार मन्त्रालय आफैं सम्हालेका छन् । मुख्यमन्त्रीसँगै अर्थमन्त्री समेत राखेको जसपाले श्रम तथा यातायात मन्त्रालय पनि लिने भएको छ । गृह तथा सञ्चार मन्त्रालय भने काँग्रेसलाई दिने सहमती भएको छ ।

मुख्यमन्त्री यादव दुईरतीन दिनभित्रै सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । स्रोतका अनुसार जसपाले विनाविभागिय मन्त्री सुरितालाई श्रम तथा यात्रायात मन्त्रालय दिन लागेको हो ।

गृह तथा सञ्चार मन्त्रालयमा पाउने सहमती भएको काँग्रेसले मो। समिमलाई मन्त्री बनाउने बुझिएको छ । उनी सप्तरी क्षेत्र ३ ९क०बाट निर्वाचित साँसद हुन् ।

कृषि मन्त्रालय खोसिएको जनमतका कुशवाहालाई तत्काल विनाविभागिय मन्त्री तोकिएपनि अब हटाउने स्रोतको दावी छ । जनमतका संसदीय दलका नेता महेश यादव शिक्षा तथा समाज कल्याण मन्त्री छन् । उनको मन्त्रालय भने कायम रहने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले सुनिता यादवलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री र रहबर अन्सारीलाई राज्यमन्त्री बनाएको छ । थप एक मन्त्रालय मागेको र नदिएपछि माओवादी सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेको छ । तर प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि अहिलेसम्म मन्त्रीद्वय राजीनामा दिएका छैनन् ।

लोसपालाई अहिले एक मन्त्रालय मात्र दिइएको छ । लोसपाका रमेश प्रसाद कुर्मी वन तथा वातावरण मन्त्री छन् । थप एक मन्त्रालय नदिएपछि माओवादी जस्तै लोसपा पनि असन्तुष्ट छ । त्यसैले मुख्यमन्त्री यादव सरकारलाई पूर्णता दिए पनि समस्याबाट मुक्ति पाउने देखिदैन ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780