राजविराज – पत्रकार मनोहर पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतोमाथि कारबाही प्रक्रिया थालिएको छ ।
असई महतोलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित)वमोजिम निलम्बनको लागि तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सिफारिस गरी पठाईएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत असई महतोले सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालयमै पत्रकार पोखरेलमाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका थिए । समाचार संकलनका लागि पुगेका पोखरेलमाथि दुव्र्यवहार तथा कुटपिट भएपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीले कुटपिट गर्ने असईलाई कार्वाहीको माग गर्दै विज्ञप्ति जारी गरेको थियो ।
कुटपिटबाट घाइते भएका पत्रकार पोखरेल उपचारपछि मंगलबार डिस्चार्ज भएको महासंघ सप्तरीका सचिव आरएन विश्वासले जानकारी दिए ।