राजविराज बजारमै बाढीले पुरियो बाइक (भिडिओ)

राजविराज, ८ भदौ । भिषण वर्षाले शुक्रवार सप्तरीको राजविराज नगरपालिकाका अधिकांश भू–भाग जलमग्न भएको छ ।

केही सरकारी कार्यालयहरुका साथै राजविराज बजारमै बाढीले बाइकसम्म पुरिएको पाइएको हो । दिउँसो राजविराज–५ स्थित बाढीले बाइक नै पुरिएको स्थानीयले बताए ।

पानीको निकास नहुँदा बजारमै बसोवास गर्ने जनताको जनजीवन प्रभावित बनेको हो ।
उता, वर्षासँगै नदीमा आएको बाढीले सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही नवका टोलस्थित बलान नदीको बाँध भत्किएको छ ।
बाँध भत्किएर नदीको बाढी बस्तीमा पस्दा सो टोलका १ सय भन्दा बढी घर डुवान भएको छ भने जनजीवन प्रभावित भएको छ । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित स्थानीय विश्वनाथ यादवले जानकारी दिए ।
उनका अनुसार दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएको हो । ‘गुणस्तरीय रुपमा बाँध निर्माण नहुँदा बाँध भत्कियो’ उनले भने, ‘यस क्षेत्रका जनतालाई वर्षेनी यस्तै समस्याले पिरोलेका हुन्छन् तर पनि ठोस रुपमा बाँध निर्माण गराउनेतर्फ सरोकारबालाको ध्यान पुग्दैन् ।’
उनले दिर्घकालिन समाधानका लागि पहल गरिदिनु हुन आग्रह गरे ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780