सप्तरीमा एक युवकमाथि अमानवीय कुटपिट [भिडिओ]

राजविराज – सप्तरीको बोदे बरसाईन नगरपालिका–३ मधुवनमा २० वर्षीय एक युवकलाई अमानवीय तरिकाले कुटपिट गरेको घटना बाहिरिएको छ ।

गत विहिवार राति संजितकुमार यादवलाई सोही ठाउँका ३५ वर्षीय भगवानदत्त यादव, २८ वर्षीय राम दुलार यादव, २८ वर्षकै नन्दकिशोर यादव र ३४ वर्षीया अनारवती देवी यादवले अमानवीय तरिकाले कुटपिट गरेको भिडिओ मधेशलाइभलाई प्राप्त भएको हो ।

हेर्नुहोस् भिडिओः 

कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ भने अन्यको पनि तीव्रताका साथ खोजी कार्य भइरहेको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार भगवानदत्तकी छोरी सिताकुमारी यादवलाई जिस्काएको विषयलाई लिएर संजितमाथि कुटपिट भएको हो ।

उता, संजित पक्षले कुटपिटमा संलग्नलाई कानूनअनुसार कारबाहीको माग गरेको छ भने कुटपिटमा संलग्नलाई उम्काउन नेताहरुले दवाव बढाएको आरोप समेत लगाएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस