देशका केही भूभागमा सामान्य वर्षा हुने

जनकपुरधाम – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेकोले बङ्गालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस