पाकिस्तानमा सैनिक सवार गाडीमा आत्मघाती हमला, ९ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा क्षेत्रमा सैनिक चढेको गाडीमा आतंकवादी हमला हुँदा ९ जना सैनिक मारिएका छन् ।

घटनामा २० जना सैनिक घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । खैबर पख्तुनख्वाको मालीखेल भन्ने स्थानमा मोटरसाइकलमा सवार ब्यक्तिले आत्मघाती आक्रमण गरेको जनाइएको छ ।

सो प्रान्तमा एक महिनाको बीचमा आत्मघाती आक्रमण भएको यो दोस्रो घटना हो । गत जुलाई ३० मा एउटा राजनीतिक र्‍यालीमा आत्मघाती आक्रमण हुँदा ५४ जनाको मृत्यु भएको थियो भने सय जना भन्दा बढी घाइते भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780