मिटरब्याजी पीडितका नेताको ठगी–नोटदेखि सर्ट, पाइन्ट र बन्डीसम्म (भिडिओ)

राजविराज, १५ भदौ – अनुचित लेनदेन (मिटरब्याजी) पीडितका समस्या समाधानका निम्ति गठित मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीले मुद्दा छलफल गराइदिने बहानामा पीडितलाई नै ठग्ने गरेको थप नयाँ खुलासा भएको छ ।

यसअघि समितिका पदाधिकारीले मिटरब्याजी (पीडक)सँग ‘बार्गेनिङ’ गर्दै गरेको ‘अडिओ’ पाइएको थियो । पछिल्लो पटक पनि समितिका सचिव छेदीलाल पासवानले पीडितसँग छलफल गराइदिने बहानामा नोट (रकम), सर्ट र बन्डी ठगी गरेको खुलेको हो ।

नोट, सर्ट र बन्डी लिएर पनि छलफल नगराइदिएको र मिटरब्याजी साहुकारसँग पनि ‘बार्गेनिङ’ गर्न थालेपछि बाध्य भएर न्याय गुहार्दै भौतारिनु परेको शम्भुनाथ नगरपालिका–६ कठौनाका मिटरब्याजी पीडित छुतहरु मियाँले दुखेसो गरे ।

बुधवार ‘मधेशलाइभ’को सम्पर्कमा आएका उनले आफ्नो पक्षमा वकालत गर्ने अपेक्षा राखेका नेताहरु नै साहुकारको पक्षमा बोल्न थालेपछि थप पीडित हुन पुगेको गुनासो गरे ।

‘छलफल मिलाइदिन्छु भन्दै समितिका सचिव छेदी पासवानले पटक पटक गरी २० हजार रुपैयाँ लिए र स्थानीय स्तरमै छलफल गर्ने कुरा थियो तर महाजन (साहुकार)सँग बार्गेनिङ नमिलेपछि छलफल स्थगित गरायो’ छुतहरुले भने, ‘पैसा दिने बेलामा छेदीकी श्रीमतिले पनि तपाईको जमिनमाथि हामीलाई १० लाख रुपैयाँ आउनेबला थियो । तपाई के गर्न सक्नुहुन्छ भनेर बार्गेनिङ गरिन तर मसँग अहिले पैसै छैन्, कहाँबाट दिनु भने ।’

उनले छलफलको अन्तिम समयमा आएर अध्यक्ष मो.तैयब अली र सचिव छेदीलाल बाहिरिएका कारण छलफल स्थगित भएको बताए । ‘तैयबले त पैसा मागेको छैन् तर पूजा गर्नुहुन्छ अनि न प्रसाद मिल्छ भनेर घुमाउरो भाषामा बार्गेनिङ गर्न खोजे’ उनले भने, ‘मैले बुझिन भनेपछि मुख खोल्छौं अनि न कुरा मिल्छ भनेर तैयबले भने ।’

समितिका सचिव छेदीलाल पासवानले कपडा सिलाउन मात्रै दिएको र पछि पैसा पनि दिएको प्रतिक्रिया दिए । ‘मैले अरुसँग सापटी लिएर पैसा दिएको हो, पैसा लिएको होइन’, उनले भने ।

समितिका अध्यक्ष मो.तैयब अलिले आफुले बार्गेनिङ नगरेको बताए । ‘छुतहरुको मुद्दा छलफल गराउन मैले नै प्रयास गरेको थिए र अझैं पनि प्रयासरत छु, बार्गेनिङ गरेकै छैन्’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस