मधेश प्रदेशका सांसद अनिरुद्धप्रसाद सिंह यादव पक्राउ

राजविराज, १८ भदौ । मधेश प्रदेशका प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव पक्राउ परेका छन् । सोमबार दिउँसो सप्तरी प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

मुल्तबी रहेको कर्तव्य ज्यान सम्बन्धी मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की जानकारी दिए । ‘सो मुद्दा फर्छ्यौट हुने प्रक्रिया अन्तर्गत प्रदेशसभा सदस्य सिंहलाई नियन्त्रणमा लिई अदालतमा पेस गरेका छौं’, उनले भने।

माओवादी नेता गोविन्द चौधरीको गोली हानि हत्या गरिएको घटनामा संलग्न रहेको भन्दै २०६४ सालदेखि सिंहको मुद्दा मुल्तबीमा रहेको छ । गत प्रदेशसभा निर्वाचनमा सिंह सप्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस