म छोरी (कविता)

कञ्चन यादव

कञ्चन यादव

बाबाको म प्यारी छोरी
आमाको म दुलारी छोरी
अरुको नजरमा, छोरी हो छोरी
जस्तो सोच्ने उस्तै छोरी
घरको म लक्ष्मी छोरी
राज्यको म बराबर छोरी
अरुको मनमा, छोरी हो छोरी
जस्तो सोच्ने उस्तै छोरी
समाजको म स्वाभिमानी छोरी
ससुरालको बुहारी, माइतकी छोरी
अरुको नजरमा कस्ती छोरी
जस्तो सोच्ने उस्तै छोरी
आमाको गर्भमा म प्यारी छोरी
नौ मास पेटमा म त्यहीं छोरी
जन्मको पीडा आमाले खेपी
जन्मिदै आफन्तले भने छोरी हो छोरी
आमाले भनिन् संसारकै प्यारी छोरी
नभन्नु सन्तानलाई छोरा या छोरी
आफ्नै भन्छन् के गर्छे छोरी
आमाले भनिन् श्रृष्टीको आधार छोरी
बाबाले भने खुशीको संसार हो छोरी
दुनियाको नजरमा अभिश्राप हो छोरी
जसले जे सोचे ईश्वरको रचना हो छोरी
जसले जस्तो सोच्यो उस्तै हो छोरी
तर म भन्छु, 
दाइको म प्यारी बहिनी छोरी
ससुरालको म बुहारी छोरी
पतिको अद्र्धाङ्गिनी पत्नी छोरी
सन्तानको म ममतामयी आमा छोरी
भेदभाव नगर्नु जन्मिदै छोरी
भविष्यको भाग्य विधाता छोरी
संसार हाक्ने नारी शक्ति छोरी

Author:



क्याटोगरी छान्‍नुहोस