छिन्नमस्ता मन्दिरमा भइरहेको मनोमानी विरुद्ध युवाहरु आक्रोशित 

राजविराज– मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा मनोमानी भइरहेको भन्दै सप्तरीका युवाहरु आक्रोशित बनेका छन् । उनीहरुले मन्दिर संरक्षण सम्वर्द्धन समितिसँग हरहिसाब माग गर्दै आन्दोलन चर्काउने समेत दिएका छन् ।

शुक्रबार उनीहरुले हरहिसाबको माग गर्दै मन्दिर संरक्षण सम्वर्द्धन समितिलाई निवेदन समेत दिएका हुन् ।

‘भगवतीको नाउँमा दर्ता रहेको जग्गा, कोठा भाडा तथा पुजापाठ गर्न आएका श्रद्धालु भक्तजनबाट नगद, सुन, चाँदी लगायतका सरसमानहरु के कति दान गरी कोषमा जम्मा भएको छ?, हालसम्म कति पुँजिगत खातामा आयश्रोत आम्दानी जग्गा भएको छ ?’ निवेदनमार्फत प्रश्न उठाएका छन् ।

त्यस्तै, मन्दिरको कानूनी विधान दर्ता गराई सो विधानअनुसार समिति बनेको छ वा छैन्रु र हाल कुन कानूनी प्रक्रियाअनुसार छिन्नमस्ता भगवती मन्दिर सम्वर्द्धन समिति सञ्चालनमा रहेको भन्दै प्रश्न उठाएका हुन् ।

मनोमानी ढंगले भगवतीको स्वरुप नै परिवर्तन हुने गरी मुकुट (मस्तक) फेरबदल भइरहेको प्रति पनि उनीहरुले आक्रोश पोखेका छन् ।

‘मन्दिर अन्तर्गत रहेको संरचनाहरु को कसको मन्जुरी सहमति अर्थात के कुन समितिको निर्णयको आधारमा तोडफोड भइरहेको छ र नयाँ संरचना बनाउने कार्य भइरहेको छ ?’ निवेदनमा भनिएको छ, ‘समितिले हालसम्म कुनै हरहिसाब सार्वजनिक नगरी आफ्नै मनपरी तरिकाले कामकाज गरी रहेको हुँदा समितिको विधान लगायत सम्पूर्ण हरहिसाबको कागजातहरु हामी निवेदक युवाहरुलाई यथासिघ्र उपलब्ध गराइ दिनु हुन अनुरोध छ ।’

उनीहरुले तीन दिनभित्र सो विवरण उपलब्ध नगराइए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस