साढे १७ किलो चाँदीको गरगहना र लाखौं रुपैयाँसहित दुई जना पक्राउ

राजविराज, ७ असोज । सप्तरीमा साढे १७ किलो चाँदीको अवैध गरगहना र लाखौं रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–२ महादेवाका १९ वर्षीय असोक साह र मोटरसाइकल चालक वडा नम्वर १२ बरही टिकुलियाका २४ वर्षीय विनोद कुमार ठाकुर रहेका छन् ।

हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको बोदे बरसाइन नगरपालिका–५ खडक खोलाको पुलमा शुक्रवार बेलुकी प्र.२–०१–००४प ०३५८ नम्वरको मोटरसाइकल चेकजाँचको क्रममा उक्त चाँदीको गरगहना र लाखौं रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार उनीहरुको साथबाट २ लाख ९६ हजार ६ सय रुपैयाँ नगद र १ लाख ११ हजार २ सय रुपैयाँ बराबदको चेक समेत बरामद भएको हो । दुवै जनामाथि आवश्यक कारबाहीकालागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस