बारामा सशस्त्र प्रहरीका एक पूर्व जवानको हत्या

जनकपुरधाम – बाराको पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

६ महिनाअघि जागिरबाट राजीनामा दिएर बसेका पचरौता नगरपालिका १ का ३४ वर्षीय अमरेश सिंहको हत्या भएको हो । हत्या आरोपमा भारतीय र नेपाली गरी चार जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ ।

घटनाबारे भारतीय सुरक्षा निकायसँग समन्वय गरी अनुसन्धान भइरहेको पनि जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट भारतीय र नेपाली मदिरा तस्करहरू मिलेर हत्या गरेको हुनसक्ने देखिएको पनि प्रहरीको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस