काठमाडौँ–फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमासंवेदनशीलता अपनाउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।
पछिल्लो समयमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका गतिविधिहरू भइरहेका प्रति बुधवार प्रेसविज्ञप्ति जारी गर्दै काउन्सिलले चिन्ता व्यक्त गरेको छ ।