जनकपुरधाम–बाराको जितपुर–सिमरा उप-महानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत भेटिएका छन्।
नेकपा (एमाले)का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल विहीबार साँझ सिमरास्थित आफ्नै निवासमा मृत फेला परेकोजिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए।
उनी घरमै घोप्टो परेको अवस्थामा मृत भेटिएका जनाइएको छ। पौडेल २०७४ सालमा जितपुर सिमराको प्रमुख बनेका थिए।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।