टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, को को परे टिममा ?

काठमाडौँआइसीसी टी२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले टि२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी विनोद भण्डारी छन्।सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी२० सिरिज नखेलेपनि विश्वकप छनोट खेल भने खेल्नेभएका छन्।

विश्वकप क्रिकेटको एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुर मुलपानीमा हुनेछ। देश सहभागी हुने खेलमा समूहबनाइएको छ। नेपाल समूहमा छ। नेपालको समूहमा मलेसिया, ओमन सिंगापुर छ। समूह का सबै खेल कीर्तिपुरस्थित त्रिविमैदानमा हुनेछ।

समूहबीमा बहराइन, हङकङ, कुवेत युएई छ। समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ। शीर्ष दुई टिम अर्को वर्ष हुनेटी२० विश्वकपमा छनोट हुनेछ नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780