सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

धरान – सुनसरीको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रवार साझँ ५ बजे दुहबी नगरपालिका–११ स्थितमा दक्षिणबाट उतरतर्फ जाँदै गरेको को ४ प ९१७८ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर ९१७८ नम्बरको मोटरसाईकल चालक स्थानिय ५० बर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिवार बिहान धरान उपमहानगरपालिका–१५ स्थित प्र. १–०२–०४७ प ७७८२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा धनकुटाको शहिदभूमी गाउँपालिका–१ का ४९ बर्षीय हरिभक्त राई घाईते भई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780