श्रोत नखुलेको ११ लाख रुपैयाँसहित यादव पक्राउ 

राजविराज – सप्तरीमा सोमवार श्रोत नखुलेको झण्डै ११ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ का ३९ वर्षीय जयप्रकाश यादव रहेका छन् ।

विशेष सूचनाको आधारमा सोही वडास्थित बिष्णुपुर–सखडा नहर सडक खण्डमा मधेश प्रदेश २–०१–००१ प ०७०८ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा उक्त रकमसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलको सिट कभरभित्र लुकाई छिपाई राखेको अवस्थामा १० लाख ९८ हजार रुपैयाँ बरामद गरिएको हो । उक्त घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस