बिष्णुपुरका कर्मचारीको चेतावनी–तत्काल तलब नदिए कामकाज ठप्प पार्ने

लहान– २४ घण्टाभित्र तलभत्ता उपलब्ध नगराए कार्यालयको कामकाज ठप्प गरी धर्नामा बस्ने सिरहाको बिष्णुपुर गाउँपालिका कर्मचारीहरुले चेतावनीसहितको ज्ञापनपत्र बुझाएका छन् ।

दशैंजस्तो महत्वपूर्ण पर्वमा पनि तलव भत्ता नखुवाएको भन्दै कर्मचारीहरुले भोली कात्तिक १४ गते सम्ममा सम्पूर्ण कर्मचारीहरुको तलब भत्ता निकासा नभए १५ गते देखि कामकाज ठप्प गरी धर्नामा बस्ने चेतावनी सहितको ज्ञापनपत्र गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवलाई बुझाएका हुन् ।

कर्मचारीले बुझाएको ज्ञापनपत्रमा, ‘नेपालको महत्वपूर्ण चाड दशैं पनि विष्णुपुर गाउँ पालिकाको कार्यालयले सम्पूर्ण कर्मचारीहरुको तलब भत्ता निकासा गर्न नसकेकोप्रति हामी सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ।

विद्यालयमा दैनिक पठन पाठन कार्यमा कठिनाई, स्वास्थ्य संस्थामा अनलाईन दैनिक रिपोर्टिङग प्रभावित भएको उल्लेख गरेको छ । आन्तरिक विवादका कारण नगरसभा हुन नसक्दा यहाँका कर्मचारीले नयाँ आथिएक वर्ष सुरुभएदेखिको तलवभत्ता पाउन सकेका छैनन् ।

Author:



क्याटोगरी छान्‍नुहोस