जाजरकोट र रुकुममा राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय भएको बताएका छन् ।

शनिबार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताएका हुन् । उनले सरकारले घाइतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।

गृहमन्त्री श्रेष्ठले घाइते कतिपयलाई स्थानीय अस्पताल र कतिपयलाई आवश्यकता हेरेर सुर्खेत र नेपालगञ्जमा उपचारका लागि पठाइएको बताए । उनले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर राहत वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस