भूकम्पमा मृत्यु हुनेको संख्या १२८ पुग्यो, १५६ घाइते

काठमाडौं – जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्ने क्रममा रहेको छ ।जाजरकोट र रुकुम (पश्चिम)मा गरी १२८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

जाजरकोटमा ७० र रुकुम (पश्चिम)मा ८५ गरी १५५ जना घाइते भएका छन् । रोल्पामा थप एकजना घाइते भएका छन् ।

अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको उनले बताए।

बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस