हातहतियारसहित सप्तरीका तीन जना पक्राउ

राजविराज– सिरहाको लहान नगरपालिका–१, सिङराहीबाट हातहतियारसहित तीन जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलले पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका– ८ का ३२ वर्षीय अनिल राम, सुरुंगा नगरपालिका– ५ का ३० वर्षीय जिवानन्द चौधरी र सप्तरीको खड्क नगरपालिका– ४ का ३५ वर्षीय सञ्जयप्रसाद चौधरी रहेका छन् । सूचनाको आधारमा सशस्त्र प्रहरी बल क्याम्पबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

स ९ प ४९७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरीले चाँज गरेपछि आधुनिक हतियार ५ एमएम ब्राउण्डिङ १ थान पेस्तोल, सोमा प्रयोग हुने म्याग्जिन १ थान र गोली २ राउण्ड बरामद भएको थियो ।

त्यस्तै, नगद लाख २४ हजार दुइ सय ५३ रुपैयाँ, ४ सेट मोबाईल र विभिन्न कम्पनिका ४ लाख ६४ हजार ५ सय मुल्य बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस