सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई जना घाइते

सर्लाही – सलार्हीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको दक्षिण पश्चिम भेगस्थित गोडैता नगरपालिका–८, सिसौटियामा मंगलबार राति ट्याक्टर पल्टिएको हो ।

बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका मालिक तथा चालक गोडैता नगरपालिका–७ का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको छ ।

चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार थारुले बताए ।

दुर्घटनामा गोडैता नगरपालिका–८ बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८ बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक र घाइतेलाई ट्याक्टरले थिचिरहेको अवस्थामा इस्काभेटर प्रयोग गरेर बाहिर निकालिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस