सुन–चाँदी र साढे ५ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

राजविराज– सशस्त्र प्रहरी बलले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ खाँडो खोलाबाट सुन–चाँदी र प्रतिबन्धित भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको सुनपाती गाउँपालिका–६ खिम्टिबेसीका १७ वर्षिय उत्सव पाण्डे, लमजुङ्गको राईनास गाउँपालिका–२ पन्थेडाँडाका १८ वर्षिय रोशन शाही ठकुरी र काठमाण्डौं–१० नयाँ बानेश्वरका १६ वर्षिय रिकेश श्रेष्ठ रहेका छन् ।

बोर्डर आउट पोष्ट (बिओपि) तिलाठीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा उक्त सुन–जाँदी र भारतीय रुपैयाँ बरामद भएको हो ।

उनीहरुको साथबाट ३१.१ ग्राम सुन, १ सय ८८.१९ ग्राम चाँदी, ५ लाख ६८ हजार ५६३ प्रतिबन्धित भारतीय रुपैयाँ र चार थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नं.६ गण हेडक्वाटरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिए ।

उनीहरुलाई ती समानसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.६ गण हेडक्वाटरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस