धरौटीमा छुटे सांसद अनिरुद्रप्रसाद

राजविराज–कर्तब्य ज्यान तथा डाँका मुद्दाका आरोपमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह यादव धरौटीमा छुटेका छन् ।

उच्च अदालत जनकपुर, राजविराज इजलासले १ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी धरौटी बुझाएर रिहा भएका हुन् । अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले बिहिवार जिल्ला अदालत सप्तरीको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको बुझिाएको छ ।

०६४ सालदेखि मुल्तबी रहेको उक्त मुद्दामा गत भदौ १९ गते सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।

माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको भन्दै यादवसहितका केही व्यक्तिमाथि मुद्दा दर्ता भएको थियो । मुद्दा चलेकै अवस्थामा यादव सप्तरी क्षेत्र ४ ९२० बाट स्वतन्त्रबाट चुनाव जितेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस