इज्तिमा कार्यक्रम तत्कालका लागि स्थगित गर्न प्रशासनको अनुरोध

विराटनगर–जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम धर्मावलम्बीहरूले खनार र दुहबीमा आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै ईस्लाम धर्मावलम्बीले ईटहरी उपमहानगरपालिका–१३ स्थित खनार र दुहबी नगरपालिका–१ स्थित प्राष्टोकिमा गर्न लागेको इज्तिमा कार्यक्रम स्थगित गर्न अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी सूचनामा भनिएको छ, ‘ईस्लाम धर्मवालम्बीले ईटहरी उपमहानगरपालिका वडा नं. १३ स्थित खनारमा यही मंसिर ५, ६, ७ गते र दुहबी नगरपालिका वडा नं. १ स्थित प्राष्टोकिमा यही मंसिर ७, ८ र ९ गते गर्ने भनिएको इस्तिमा कार्यक्रम वर्तमान सुरक्षा संवेदनशीलताका कारण तत्काल स्थगन गर्न/गराउन गृह मन्त्रालयको निर्देशन प्राप्त भएकाले जिल्ला सुरक्षा समिति, सुनसरीको मिति २०८०।०७।२५ गतेको बैठकले समेत स्वीकृतिरअनुमति प्रदान नगर्ने भनी निर्णय भई सरोकारवाला पक्षहरुलाई समेत जानकारी गराइ सकिएको हुँदा सम्बन्धित सबैको जानकारी तथा सहयोगको लागि यो सूचना प्रकाशन गरिएको ब्यहोरा अनुरोध छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस