पाँच बुँदे सहमतिपछि टुंगियो नरेन्द्र मेमोरियल जनता मावि बोरियाको विवाद

राजविराज–पाँच बुँदे सहमतिपछि राजविराज नगरपालिका–१६ स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियामा भएको विवाद टुंगिएको छ ।

शनिवार भएको सरोकारबालाको छलफलबाट पाँच बुँदे सहमति भएको हो । गत विहिवार विद्यालयमा घटेको घटना सम्बन्धमा विद्यार्थीहरुप्रति कुनै किसिमको पूर्वाग्रह नराखि शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने गरी प्रधानाध्यापकसहितका शिक्षक र कर्मचारीले सौहार्दपूर्ण व्यवहार गर्ने, उक्त घटनामा घाइते भएका विद्यार्थीलाई उपचारमा लाग्ने खर्च विद्यालयले व्यहोर्ने सहमति भएको छ ।

त्यस्तै, विद्यालयमा लिइएको शुल्क व्यवस्थापन समितिले तोकेको अनुसार सचित शुल्क मात्रै लिइने र सो वापतको रसिद अनिवार्य उपलब्ध गराइने, घटनालाई लिएर नगरपालिकाको शिक्षा शाखामा र विद्यालयमा लगाइएका ताल्चा खोलिने तथा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा दिइएका निवेदन फिर्ता लिइने दुवै पक्षबिच भएको छलफलबाट सहमति भएको जनाएको छ ।

उक्त पाँच बुँदे सहमतिबारे विद्यार्थीहरुलाई जानकारी गराइएको जनाएको छ । नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवको अध्यक्षता आयोजित छलफलमा शिक्षक महासंघका प्रतिनिधि योगेन्द्र प्रसाद यादव, स्ववियुका सभापति रंजितकुमार यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेशकुमार यादव, निवर्तमान वडाध्यक्ष प्रेमकुमार यादव, समाजसेवि उमेशकुमार यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाशकुमार यादव, अभिभावकहरु भूपेन्द्रप्रसाद मण्डल, चर्तुभुजप्रसाद मण्डल, अशोककुमार साह, बालबाबु साह लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस