पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

बारा–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुर सिमरा उपनगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई ५ लाख रुपैयाँ घुससहित आज पक्राउ गरेको हो । वडाध्यक्ष कार्कीलाई जीतपुर स्थित जैशवाल होटेलबाट पक्राउ गरिएको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी (उपसचिव) गोविन्द प्रसाद गौतम जानकारी दिए ।

वडाबाट हुने सिफारिसका लागि उनले स्थानीय राजन उप्रेतीसँग घुसवापत ५ लाख नगद रकम लिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस