मधेशमा अझैं कुष्ठ रोग प्रमुख स्वास्थ्य समस्या

जनकपुरधाम– मधेशमा अझैं कुष्ठ रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको पाइएको छ । नेपाललाई सन् २०१० मै कुष्ठ रोग मुक्त मुलुक घोषण गरिसकेको छ तर मधेशका ८ वटै जिल्लामा गरी ९४५ जना कुष्ठ रोगी छन् ।

७१ औं विश्व कुष्ठ रोगविरुद्धको दिवसको अवसर पारेर मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजिव झाले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७९÷८० को असारसम्म मधेशका धनुषामा सबैभन्दा बढी प्रभावित छन् ।

उनका अनुसार धनुषामा १६७ जना, रौतहटमा १५३ जना, सर्लाहीमा १२३ जना, सिरहामा ११८, पर्सामा ११३, बारामा १०९ र सप्तरीमा सबैभन्दा कम ६८ जना कुष्ठ रोगी छन् । विश्व स्वास्थ्य संगठनले प्रति १० हजार मानिसमा एक जनाभन्दा कममा यो रोग झारी निवारण गर्ने लक्ष्यलाई नेपालले पनि पछ्याउँदै आएको छ । तर प्रदेश स्वास्थ्य निर्देशनालयको यो तथ्याङ्कले मधेश प्रदेशमा प्रति १० हजारमा कुष्ठ रोगको प्रकोप दर (प्रीभिलेन्स रेट) १ दशमलव ५ प्रतिसत देखाएको छ ।

उनले उक्त अवस्था चिन्ताजनक रहेको भन्दै यसको निवारणका लागि समुदायमा आधारित सघन रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस