न्यायक्षेत्र समन्वय समिति सदस्यमा प्रेस स्वतन्त्रता सेनानी झा मनोनित

राजविराज–उच्च अदालत जनकपुर, राजविराज इजलासको न्यायक्षेत्र समन्वय समिति सदस्यमा नागरिक समाजको तर्फबाट प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा मनोनित भएका छन् ।

अदालतका मुख्य न्यायाधीशले झालाई उच्च अदालत नियमावली, २०७३ को नियम १६६ बमोजिम रहेको उच्च अदालत न्यायक्षेत्र समन्वय समिति सदस्यमा मनोनित गरेका हुन् ।

उक्त समितिको अदालत, मातहत अदालत र न्यायिक निकायहरुको काम कारबाही सुव्यवस्थित ढंगले सञ्चालन गराउन, जिल्ला न्यायक्षेत्र समन्वय समितिको काम कारबाही, न्यायपालिकाको रणनीतिक योजना, फैसला र आदेशको कार्यान्वयनलाई प्रभावकारीता दिन र अदालतको सुरक्षा व्यवस्थालाई समेत समन्वय गर्ने कार्य रहेको जनाएको छ ।

उक्त समितिको आगामी शुक्रवार बैठक रहेको अदालतका निमित्त रजिष्ट्राचार फणीन्द्रराज भट्टराईले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस