शासक वर्गको विभेदकारी नीतिले मधेश पछि पर्यो : उपेन्द्र यादव

जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षा र विभेदकारी नीतिले मधेश पछि परेको आरोप लगाएका छन् । मंगलबार समाजवादी महिला संघको मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘शासक वर्गको मधेशप्रतिको विभेदकारी नीतिकै कारण मधेशको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगार जस्ता क्षेत्र विकास हुन सकेको छैन्’ उनले भने, ‘मधेशी जनताले विभेदकारी राज्यसत्ताको रवैयाविरुद्ध गरेको जनविद्रोहकै बलमा मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ तर राज्यको केन्द्रीकृत मानसिकतामा भने अझैं परिवर्तन आएको छैन् ।’

उनले समथल भूभाग, उर्बरभूमि जस्ता विकासका आधारभूत तत्वहरु मधेशमा भएपनि सबै क्षेत्रमा मधेश पछि परेको बताए ।

मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुबिधामा समेत विभेद भइरहेको उल्लेख गर्दै अध्यक्ष यादवले उत्पीडित जनता र समुदायमाथिको विभेद अन्त्य नभएसम्म मधेस विकास निर्माणमा फड्को मार्न नसक्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस