लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार

जनकपुरधाम–सिरहाको लहान नगरपालिकाले नगरक्षेत्रका मोतियाबिन्दु भएका बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ ।

नगरपालिकाले नगरक्षेत्रका करिब एक हजार मोतियाबिन्दु भएका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता गरेको छ । सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरे ।

सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा वडावडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । शिविरमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने लक्ष्य राखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस