सडक र सदनबाट आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

राजविराज – मधेश प्रदेश सरकारले आमजनतासँग धोखेबाजी गरिरहेको भन्दै अझैं कार्यशैली नसुधारिए सडक र सदनबाट सशक्त आन्दोलन गर्ने जनमत पार्टीले चेतावनी दिएको छ ।

पार्टीका मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका सांसद महेशकुमार यादवले विहिवार राजविराजमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

‘पछिल्लो आम निर्वाचनमा चाहिएको सिट कुनै पार्टीले जित्न नसकेर मधेशमा सवै दलहरु मिलेर सदन र सरकार चलाउनुपर्ने साझा विचारको जन्म भएको थियो, खासगरी पहिलो वर्ष जसपा, दोस्रो २ वर्ष जनमत र तेस्रो २ वर्ष कांग्रेसको नेतृत्वमा मधेश सरकार सञ्चालन हुन्छ भने सहमति जगजाहेर छ’ उनले भने, ‘तर १ वर्ष नवित्दै जनमत सरकारबाट बहिर्गमन र समर्थन फिर्ता लिनुपर्ने बाध्यात्मक अवस्था आइलाग्यो ।’

सरकारको भ्रष्टाचार र कमिशनको खेल रोक्न खोज्दा पार्टीका कृषि मन्त्री र राज्य मन्त्रीलाई ३÷४ महिना नवित्दै जिम्मेवारी खोसेको आरोप समेत लगाए ।

‘मैले पाएको मन्त्रालायलाई पनि योजना र बजेट विहीन बनायो, पटक पटक मन्त्रालय पनि टुक्रा गर्यो’ मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृती मन्त्री समेत रहेका यादवले भने, ‘आफुले पाएको मन्त्रालयमा कमिशनको खेल हुन नदिने अडान राखेपछि मेरो कुनै पनि फाइल अगाडी बढ्न नदिने मनसाय अर्थमन्त्री र मुख्यमन्त्रीको देखियो, योजना सुरु हुनुभन्दा पहिले कमिशनको डिमान्ड आउथ्यो । जो खेद जनक कार्य हो ।’

एक साताअघि शिक्षा तथा संस्कृती मन्त्रीका जिम्मेवारीमा रहेका यादवले राजविराजमा आयोजित मधेश प्रदेश कृषि विश्वविद्यालयको भवन शिलान्यासमा बिरोध जनाएपछि प्रहरीले कुटेर घाइते बनाएका थिए । घटनासँगै मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विहीबार गृह जिल्लामा पत्रकार सम्मेलन गर्दै आफ्ना कार्यकालमा गरेका १९ बुँदे प्रगति पनि सार्वजनिक गरेका छन् ।

सो पत्रकार सम्मेलनमा प्रदेश सांसदद्वय सतिषकुमार सिह र मो. सकिल, जनमत पार्टी जिल्ला इन्चार्ज रामगमन साह लगायतका सहभागी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780