राजविराजले फिर्ता पठायो प्रमुख प्रशासकीय अधिकृत

राजविराज । सप्तरीको राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ। राजविराज नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको हाे।

गत १९ माघमा बसेको बैठकले १ फागुनदेखि लागू हुने गरी उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको हो।

नगर प्रवक्ता जयनारायण मण्डलले अधिकृत गुरुङलाई फिर्ता पठाइएको जानकारी दिए। कार्यवाहक मेयर इसरत प्रविनले समयमा काम नगरेको, कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व बढाउने काम गरेकाले अधिकृतलाई फिर्ता पठाएको बताए। प्रमुख प्रशासकीय अधिकृत गुरुङले कुनै पनि पालिकाको निर्णयले संघीय कर्मचारीलाई सरुवा गर्ने अधिकार नरहेको प्रतिक्रिया दिए।

उनले भने, ‘मन्त्रालयको पत्र आएको भए म सरुवा भएर आफैँ जान्थेँ। तर, जनप्रतिनिधिले निर्णय गरेकै भरमा म फिर्ता जादिनँ। म यो निर्णयविरुद्ध न्यायका लागि अदालतसम्म जानेछु।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780