मैथिली भाषाको संरक्षण सम्वर्द्धनमा योगदान पुर्याउने दुई राजनीतिकर्मी सम्मानित

राजविराज, ९ फागुन । मातृभाषा मैथिलीको संरक्षण सम्वर्द्धन एवम् उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने दुई राजनीतिकर्मी सप्तरीको राजविराजमा बुधबार आयोजित एक समारोहका बीच सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा इन्टेलेक्चुअल फाउण्डेशन नेपालले नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता मातृका प्रसाद यादव र अन्तरिम व्यवस्थापिका सांसद एवम् नेता सूर्यनाथ प्रसाद यादव (सुभाष)लाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति भाषा वैज्ञानिक प्रा.डा. रामावतार यादवले उनीहरुलाई कदरपत्र प्रदान गरेका छन् ।

वृहत शान्ति सम्झौता पश्चात अन्तरिम व्यवस्थापिका संसदको सांसद पदमा र  नेपाल सरकारका मन्त्रीको रुपमा मातृकाले मैथिली भाषामा सपथग्रहण गर्ने पहिलो मन्त्री हुन् । यसैगरी सूर्यनाथले अन्तरिम व्यवस्थापिका सांसदको शपथ–ग्रहण मैथिलीमा गर्नुका साथै मातृभाषामै मन्तव्य राख्दै इतिहास कायम गरेका छन् ।

फाउण्डेशनका अध्यक्ष डा. सुर्या यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव, लेखक एवम् साहित्यकार देवेन्द्र मिश्र लगायतले मातृभाषाको महत्वबारे चर्चा गरे । सोही अवसरमा विद्यार्थीहरुले मैथिली भाषाका परम्परागत लोकगीत प्रस्तुत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस