मोरङमा लरी पल्टिँदा तीन जनाको मृत्यु

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगति टोलमा लरी पल्टिएर च्यापिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन् ।

शुक्रबार बिहान आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लरी दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उनले बताए। लरी पल्टिँदा तीन जना बालकबालिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस