हस्ताक्षर किर्ते रहेको दावी, अख्तियारले छानविन गर्दै 

राजविराज–सप्तरीको बोदे बरसाईन नगरपालिकामा कृषि सम्बन्धि तालिममा सहभागीहरुको हस्ताक्षर किर्ते रहेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा वडा नम्वर ९ मा सो तालिम गराएको थियो । डाक्नेश्वरी जनसेवा केन्द्रले गरेको उक्त तालिममा सहभागी र आतेजाने वापत प्रदान गरिने रकम सिध्याउन पनि कीर्ते हस्ताक्षर पेश गरिएको उजुरीमा उल्लेख रहेको छ ।

पाँच लाख रुपैयाँ खर्च देखाइएको उक्त तालिम हुँदै नभएको उजुरीकर्ताको दावी छ । ‘तालिम कागजमा मात्र भएको छ, कागजात तयार गर्न पनि सहभागीहरु देखाएर कीर्ते हस्ताक्षर भएको छ’ नाम नछाप्ने सर्तमा उनले भने, ‘सोही आर्थिक वर्षमा उक्त संस्थामार्फत दहेज प्रथा सम्बन्धि जनचेतना कार्यक्रममा पनि ५ लाख रुपैयाँ खर्च गरेको देखाइएको छ तर त्यो पनि शंकास्पद छ ।’

उक्त कृषि सम्बन्धि तालिमको विषयमा छानविन भइरहेको आयोगका एक कर्मचारीले बताए । ‘अहिले छानविनकै क्रममा छौं, थप पछि भनौंला ।’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस