दुग्ध किसानलाई भुक्तानी गर्न डिडिसीलाई ३० करोड

काठमाडौँ–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध किसानको भुक्तानी दिन दुग्ध विकास संस्थान (डिडिसी)लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

डिडिसीलाई उक्त रुपैयाँ अनुदान वापत उपलब्ध गराइएको कृषि मन्त्रालयले जनाएको छ । डिडिसीले ४/५ महिनादेखि दुध उत्पादन गर्ने किसानलाई भुक्तानी दिएको थिएन ।
दुध तथा दुग्धजन्य पदार्थ अत्यधिक मौज्दात रहेका कारण किसानलाई समयमा भुक्तानी गर्न नसकेको भन्दै डिडिसीले कृषि मन्त्रालयसँग सहुलियत ऋण माग गरेको थियो ।
नवनियुक्ति कृषिमन्त्री ज्वालाकुमारी साहको विशेष पहलमा किसानका लागि डिडिसीलाई यो रकम उपलब्ध गराउन सफल भएको मन्त्रीका स्वकीय सचिव रविन पटेलले बताए ।
Author:



क्याटोगरी छान्‍नुहोस