जयनगर–जनकपुर–भंगहा रेल सेवा तीन दिन बन्द

जनकपुरधाम–भारतमा जारी लोकसभा निर्वाचनका कारण आज ९वैशाख २३ गते० देखि भंगहा–जनकपुर–जयनगर रेलसेवा३ दिनसम्म बन्द गरिएको छ ।

भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएकाले आजदेखि वैशाख २५ गते मंगलबारसम्म रेल सेवा बन्द गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा वैशाख २५ गते लोकसभा चुनाव हुँदैछ । चुनावको ४८ घण्टा अगाडि बोर्डर सिल गर्नुपर्ने भएकाले आइतबारदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने भएको हो ।

 

Author:



क्याटोगरी छान्‍नुहोस